Home जीवनशैली मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

by admin

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गर्नुभएको हो । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताउनुभयो । मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभएको छ । “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैर्छौँ”, उहाँले भन्नुभयो । विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उहाँले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गर्नुभयो । मङ्गलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ । त्यसैगरी आज ग्वार्कोमा पनि खोप केन्द्र थप गरिएको छ ।

Related Articles

Leave a Comment