Home जीवनशैली आन्दोलनका कार्यक्रम तय गर्न नेपाल बार एसोसियसनको बैठक सुरु

आन्दोलनका कार्यक्रम तय गर्न नेपाल बार एसोसियसनको बैठक सुरु

by admin

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलनको कार्यक्रम ल्याउने भएको छ ।

आन्दोलनको कार्यक्रम तय गर्नका लागि नेपाल बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । यसअघि गत मंगलबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनका लागि आह्वान गरेको गरेको थियो ।

नेपाल बारले समय नतोकी अल्टिमेटम दिएको तीन दिनपछि नै आन्दोलनको कार्यक्रम तय गर्नका लागि बैठक बसेको हो । नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने बताइन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकाको नेतृत्व गर्न असक्षम रहेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशसमेत उनले तोकेको इजलासमा बसेका छैनन् ।

नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुंग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।

Related Articles

Leave a Comment